Kathmandu Nepal
२० भदौ, काठमाडौं । काभ्रे दाप्चाका कृष्णचन्द्र श्रेष्ठ ८६ वर्षको उमेरमा सहारा खोज्दै बृद्धाश्रममा आइपुगेका छन् । तीन छोरा र तीन छोरीका पिता कृष्णचन्द्र यतिखेर एक्लो भएका छन् । छोराले ‘जाऊ मेरो घरमा नबस’ भनेपछि उमेरले डाँडामाथिको घाम भइसकेका श्रेष्ठ सहारा खोन्दै निःसहाय सेवा केन्द्रमा पुगेका छन । ‘करिव डेढ महिना जति भयो बाबु, सहारा खोन्दै यहाँ आएको’ हामी केन्द्रमा पुग्दा नियमित पूजापाठ सकेर साथीहरुसँगै बसेका श्रेष्ठले अनलाइनखबरससँग भने-’मैले पालेको, हुर्काएको देखेन हजुर छोराले ।’
डेढ वर्षअघि श्रीमतीको निधन भएपछि उनी एक्लिदै गए । छोराहरुले विरामी हुँदा पनि हेर्न आएनन् । श्रीमतीले यो संसारबाट विदा लिएपछि एक्लो बनेका श्रेष्ठमा फेरि अर्को बज्रपात आइलाग्यो । ‘केही महिनाअघि घरमा आगलागी भयो, झ्यालबाट हाम फलोर ज्यान बचाएँ’ श्रेष्ठ भन्छन-’घर जलेपछि बेसहारा भएँ, तैपनि छोराहरुले हेरेनन । केही दिन छोरी कहाँ गएर बसेँ । उनीहरुले जाउ त भनेनन । तर, सँधै यसरी बसेर मेरो निर्वाह चल्दैन, के गरुँ भनेँ । छोरीहरुले ‘बाबुको विचार’ भनेपछि म यहाँ आएँ ।’ यद्यपि अहिले पनि छोरीहरु कहिले काँही बाबुलाई भेट्न बृद्धाश्रम पुग्दा रहेछन् ।
अहिले बुढेसकालमा सहारा खोज्दै बृद्धाश्रममा आउनुपर्दा श्रेष्ठलाई छोरा, सम्पत्ति सबै बेकार रहेछ जस्तो लाग्न थालेको छ । ‘छोरा छोरीका लागि सब थोक गरियो । यस्तो हुन्छ भन्ने थाहा भएको भए किन गर्थे र ?’ उनले दुखेसो पोखे-’बेकार रेछ यो सवै । छोराहरु भन्ने पनि काम नलाग्ने रहेछन ।’ छोरा-छोरी हुर्काउँदा कत्रो आस थियो उनलाई ठूलो भएपछि बुढेकामा हेर्छन भन्ने । तर, अहिले सानो हुँदा मर्ला भन्ने डर, ठूलो भएपछि मार्ला भन्ने डर भन्ने जस्तै भएको छ उनलाई । ‘यो संसार केही पनि होइन रहेछ । यो सिनेमा हेरेको जस्तै हो । सकिएपछि घर जाउ भन्छन्’ श्रेष्ठले भन्नुभयो-’हाम्रो पनि यस्तै हो । सम्पत्ति हुँदासम्म आफ्नो, नभएपछि हेर्दैनन् । सम्पत्ति छ भने मेरो बा भन्छन्, नभएपछि यो बुढोको के काम भन्छन् । संसार भनेको अचम्मको रहेछ ।’
श्रीमतीको निधन भएपछि श्रेष्ठ केही दिन कान्छो छोरासँग बसे । तर, केहीदिनमा नै घरबाट निकालिदिए । ‘एक पटक कान्छोकोमा गएको हो । १५/१६ दिन बसेँ’ उनले दुखेेसो पोखे-’ यहाँ तिम्रो काम छैन भने, म निस्किएर हिडेँ । गाह्रो त भयो, जाने ठाउँ काही छैन । छोराहरु भनेर बसेको, जाउ भनेपछि के गर्नु ?’ आज बाबुको मुख हेर्न दिने हो छोराहरुको याद आएन भन्ने हाम्रो प्रश्नमा उनले भने-’सम्झिइन । छोराहरुलाई सम्भिmएन के गर्ने ? पाल्ने हैन ।’
श्रेष्ठले जेठो र माहिलो छोरालाई नदेखेको एक वर्ष हुन लाग्यो । कान्छो छोरा केही दिन पहिले बृद्धाश्रममा आएका थिए । तर, जाने बेला लगेनन् । ‘घर जाउँ भनेर लगेको भए त के चाहिन्थ्यो र’ गहभरी आँसु पार्दै श्रेष्ठ भने-’आज भोलि भगवानसँग प्रार्थना गर्छु । मेरो अरु कोही पनि छैन । मेरो हजुर नै हुनुहुन्छ रक्षा गर्नुस भनेर सहायता माग्छु ।’
अरुको पीडा पनि कम छैन
निःसहाय सेवा केन्द्रमा अहिले श्रेष्ठजस्तै ४३ जना बृद्धबृद्धा छन् । उनीहरु मध्येका एक हुन पूर्व सरकारी कर्मचारी काठमाडौं मैपीका ७३ वर्षीय माधवलाल श्रेष्ठ । आर्किटेक्ट इन्जिनियर रहेका छोराले हेर्न छोडेको १० वर्षभइसक्यो । गत वर्ष खुट्टा भाँचिएपछि साथी भाइले उनलाई केन्द्रमा पुर्याएका थिए । ‘छोरा छ, मुख देख्यो कि भाग्छ’ उनले भने ।
देश शम्शेरकी पनातिनी सगुन शाहले १ जनालाई राखेर केन्द्र सुरु गरेकी हुन् । अहिले बाटोमा भेटिएका, बेसहारालाई केन्द्रमा राखिएको छ । विभिन्न दाताको सहयोगमा बृद्धबुद्धालाई राखिएको सगुनले बताइन । राणा खानदानीकी शाहलाई केन्द्रमा रहेका सबैले ‘मुमाहजुर’ भनेर बोलाउने गरेका छन् ।
Latest News
»
बाबुको मुख हेर्ने दिनमा बृद्धबृद्धाको बिलौना- छोराछोरी भन्नु पनि बेकार रहेछ
बाबुको मुख हेर्ने दिनमा बृद्धबृद्धाको बिलौना- छोराछोरी भन्नु पनि बेकार रहेछ
Share this post
Tags
About The Author
admin
Share a little biographical information to fill out your profile. This may be shown publicly. Morbi tristique mattis ultricies. Morbi ac est ligula. Nullam vel lacus nisi, vitae viverra quam. Sed tincidunt cursus mattis. Share a little biographical information to fill out your profile. Morbi ac est ligula. Nullam vel lacus nisi, vitae viverra quam. Sed tincidunt cursus mattis. Share a little biographical information to fill out your profile. This may be shown publicly.
Share a little biographical information to fill out your profile. This may be shown publicly. Morbi tristique mattis ultricies. Morbi ac est ligula. Nullam vel lacus nisi, vitae viverra quam. Sed tincidunt cursus mattis. Share a little biographical information to fill out your profile. Morbi ac est ligula. Nullam vel lacus nisi, vitae viverra quam. Sed tincidunt cursus mattis. Share a little biographical information to fill out your profile. This may be shown publicly.



0 comments