फेसबुकमा पनि भेरिफाइड पेज

Published On Friday, June 14, 2013 » 0 comments » By Unknown »

सामाजिक सञ्जाल फेसबुकले पनि ट्वीटरले जस्तै भेरिफाइड पेजको सुविधा थप्ने भएको छ। गुगलको सामाजिक सञ्जाल गुगलप्लसमा समेत भेरिफाइड पेजका लागि छुट्टै लोगो छ भने माइक्रोब्लगिङ साइट ट्वीटर त भेरिफाइड एकाउन्टको महारथी नै हो। सूचना तथा जानकारीका लागि सामाजिक सञ्जालमा बढिरहेको विश्वासका कारण सामाजिक सञ्जालहरुको विश्वसनियताका लागि भेरिफाइड एकाउन्टको अवधारणा अगाडि ल्याएका हुन्। फेसबुकले आफ्नो न्यूज रुम नामक वेबसाइटमा गरेको पोस्टमा मानिसहरुलाई सेलिब्रेटी तथा प्रसिद्ध व्यक्तिका बारेमा सही जानकारी प्राप्त होस् भन्ने हिसाबमा भेरिफाइड पेज सुरु गर्न लागेको भनिएको छ। फेसबुकमा रहने भेरिफाइड पेजहरुमा नामको छेउमा एउटा सानो निलो रंगको वृत्ताकार भित्र ठिक चिन्ह हुनेछ । फेसबुकले यस्ता भेरिफाइड एकाउन्ट सरकारी कार्यालय, अधिकारी, लोकप्रिय ब्राण्ड, सेलिब्रेटी, प्रसिद्ध व्यक्तित्व जसका धेरै फ्यान छन् उनीहरुका लागि जारी गर्ने जनाएको छ।Facebook introduces verified pagesसामाजिक सञ्जालहरुमा बढिरहेको मानिसहरुको चापसँगै उनीहरु बीचमा सुविधाको प्रतिस्पर्धा कडा हुँदै गइरहेको छ। जसले गर्दा विश्वका सबैभन्दा धेरै मानिसहरु जोडिएका सामाजिक सञ्जाल फेसबुक र ट्वीटरले फरक फरक सुविधा आफ्नो वेबसाइटमा जोड्दै गएका छन्। सामाजिक सञ्जालबाट राम्रो आम्दानीको दबाबमा रहेका उनीहरुले सुविधा थप्ने र आफूलाई सुधार गर्ने कामलाई तिब्र बनाएका छन्। केही समय अगाडि मात्र फेसबुकले आफ्नो टाइमलाइन परिवर्तन गरेको थियो भने पछिल्लो पटक ट्वीटरले पनि आफ्नो सुविधामा संगीतलाई थपेको थियो।

Share this post

Tags

0 comments

Leave a Reply