एमालेलाइ अर्को झड्का, यादवपनि एमाओवादीमा

Published On Sunday, May 19, 2013 » 0 comments » By Unknown »

५ जेठ, काठमाडौ। एकपछि अर्को गर्दै एमाले नेताहरु एकीकृत माओवादीमा प्रवेश गर्ने प्रतिष्पर्धा चलिरहेको समयमा नेकपा एमाले नारायणी अञ्चल सदस्य रामपुकार यादव माओवादीमा प्रवेश गर्ने भएका छन ।
माओवादी केन्द्रीय कार्यालय कोटेश्वरमा अध्यक्ष प्रचण्डले यादवलाइ माओवादीमा प्रवेश गराउन लागेका हुन । यसअघि एमाले पोलिटव्युरो सदस्य उर्मिला अर्याल र रामचन्द्र झा माओवादी प्रवेश गरिसकेका छन ।
एमालेका एकजना केन्द्रीय सदस्यले पनि माओवादीमा प्रवेश गर्ने तरखर गरिरहेको माओवादी स्रोतले बताएको छ ।
उता एमाओवादीलाई टक्कर दिन एमालेले पनि करिब आधा दर्जन एमाओवादीका केन्द्रिय नेता पार्टी छिराउने तयारी गरेको बताइएको छ।

Share this post

Tags

0 comments

Leave a Reply