Himani was reached the Bangkok to meet parash

Published On Sunday, September 15, 2013 » 0 comments » By Unknown »


Kathmandu Nepal 15 september
३० भदौ, काठमाण्डौं । पूर्वयुवराज्ञी हिमानी शाह पूर्वयुवराज पारसलाई भेट्न बैंकक गएकी छन् । दुई छोरी र एक छोरालाई काठमाण्डौंमै छोडेर हिमानी गत बिहीबार पतिलाई भेट्न बैंकक गएकी हुन् ।बैंककमा उत्रेपछि उनी सरासर पारस बसेको ठाउँ च्यानचाई सुधार केन्द्र पुगेकी थिइन् । करिब दश दिनसम्म हिमानी बैंककमा बस्ने कार्यक्रम रहेको छ ।स्रोतका अनुसार पूर्वयुवराज पारसले आगामी दसैंअघि नै काठमान्डौं र्फकने सोचाइ बनाएका छन् । दसैंअघि नै काठमाण्डौं र्फकन उनले काठमाण्डौंमा रहेको बाबुआमालाई खबर पठाइसकेका छन् ।यसबारे पूर्व राजाको परिवारले भने केही प्रतिक्रिया दिएको छैन । पारस दसैं अघि नै आउँदा हिमानी र पारस सँगै आउन सक्ने स्रोतले जनाएको छ । पारस २०६८ भदौ ११ मा बैंकक गए यता नेपाल आएका छैनन् ।


Share this post

Tags

0 comments

Leave a Reply