चलचित्र ‘नोटबुक’ले चर्चा पाएपछि नायिका नीता ढुंगाना पनि सिने नगरीमा आशा लाग्दो रुपमा उदाइन् । चलचित्र ‘हाम्रो माया जुनी जुनी’लाई बाट सिने नगरीमा नायिकाको रुपमा उदाएकी नीताको हातमा अहिले राम्रो ब्यानरका सिनेमा छन् । उनै नायिका नीता ढुंगानालाई मलेसियामा रहेका नेपालीहरुले अनलाइनखबरको सह प्रकाशन नेपाली खबरका लागि प्रश्न सोधेका छन् । मलेसियामा रहेका नेपालीहरुले सोधेको प्रश्नमा आधारित रहेर नायिका ढुंगानासँग गरिएको कुराकानी :कलाकारहरुलाई राष्ट्रका गहना हुन् भनिन्छ तर अहिलेका नायिकाहरुले अभिनय गरेको चलचित्रहरु घर परिवार सँग वसेर पुरै हेर्न पनि सकिदैन अव भन्नुहोस् हामी त्यस्ता कलाकारहरुलाई शिरमा राखौ कि पाउँमा ?
त्यस्ता कलाकारहरुलाई त पाउँमा राख्नुपर्छ भन्ने मलाइ लाग्छ । तर सबै हिरोइन त्यस्ता पनि छैनन् । कलाकार चिनेर मात्र कसलाई शिरमा राख्ने र कसलाई पाउँमा राख्ने भनेर दर्शकले नै छुट्टाउनुपर्छ जस्तो लाग्छ मलाई ।
लाखौ नेपालीहरु विदेशमा हुनुहुन्छ यसलाई यहाँले कसरी हेरिरहनु भएको छ ?आउँदो संविधान सभाको चुनावमा तपाईको भुमिका कस्तो रहने छ ?
संविधान सभाको निर्वाचनमा मेरो खासै ठूलो भूमिका हुन्छ जस्तो मलाई लाग्दैन । विदेशमा नेपाली दाजुभाई जानुलाई म दुखका साथ हेर्छु । तर बिदेश जान जरुरी पनि छ । तर यस्तो कुराले मेरो मन भने दुख्छ ।
तपाई हिरोइन वन्नुमा कस्को हात छ ?
म हिरोइन बन्नुमा मेरो आफ्नै हात छ । मलाई कसैले टिपेर ल्याएको होइन । मेरो जन्म नै सिनेमा नगरीमा भएको हो । सपोर्ट त धेरैले गर्नु भएको छ ।
जीवन एउटा फुल हो भन्छन यहाले कसरी लिनु भएको छ ?
जीवन फूल हो भन्ने मलाई लाग्छ । किनकी फूल पनि सुरुमा कोपीला हुन्छ, अनि फूल बन्छ र अन्त्यमा झरेर आफ्नो जीवन लिला समाप्त गर्छ । मानिसको जीवन पनि यस्तै हो ।
नेपाली नायिकाहरुलाई यस क्षेत्रमा प्रवेश गर्न निर्माता निर्देशकको ओछ्यान तताउनु पर्छ भन्ने सुनिन्छ के यो साँचो हो ?
ओछ्याउँन तताउने चै होइन चिस्याउँने काम भने गर्नुपर्छ । अरुले के गरे मलाइ थाहा छैन । म सानै देखि यो क्षेत्रमा लागेकाले मलाई कोही सामु झुक्नु परेन । आफूमा खुबी भएपछि निर्माता निर्देशक आफै झुकेर आउँछन् ।
‘नोटवुक’ निक्कै सफल चलचित्र रहयो । अव फेरी तपाई वोल्ड सिन दिदै हुनुहुन्छ रे ? वोल्ड सिन दिदा मात्र फिल्म चल्छ भन्नेमा तपाईलाई विश्वास छ ? अनि तपाई फोटोमा देखिएजस्तै सेक्सी हुनुहुन्छ ?
मैले कुनै पनि सिनेमामा बोल्ड सिन दिन लागेको छैन । बोल्ड क्यारेक्टरमा भने म आउँछु । बोल्ड सिनले सिनेमा चल्छ भन्नेमा म पटक्कै विश्वास गर्दिन । म फोटो र मान्छेमा खासै फरक छैन । म सेक्सी छैन, जस्तो कपडा लगाए पनि मलाई सुहाउँदैन ।
तपाईलाई राजनीतिमा कत्तिको चासो छ ?
राजनीतिमा मलाई निक्कै चासो छ । तर राजनीतिमा लागेकाहरुले देश बिगारे जस्तो लाग्छ । यसैले यो क्षेत्रमा आउने सोच भने छैन ।
कलाकार हुनुहुन्छ यदि देशको प्रधानमन्त्रि हुनु भयो भने पहिलो काम के गर्नु हुन्छ ?
म प्रधानमन्त्रीको कुर्सीमा पुगे भने छक्क परेर सुरुमा एक्लै हाँस्छु होला ।
बिहे गर्ने सोचाई वनाउनु भएको छ कि छैन ? प्रेमी छ कि छैन ?
प्रेमी त मैले आजसम्म बनाएको छैन । यहाँ त आज लभ पर्छ भोली छुट्छ । यसैले प्रेमी बनाउँनु भन्दा नबनाउँदा नै फाइदा देख्छु । उमेर पुगेकी केटी मानिस भएपछि बिहे गर्ने सोचाई त आइहाल्छ नि ।
तपाई ‘मितिनी चलचित्र पछि लामो समय हराउनु भयो किन ? पहिलो पटक गितको मोडलिङवाट यात्रा शुरु गर्नु भएको साँचो हो ?
मैले बालकलाकारको रुपमा ‘मितिनी’मा काम गरेपछि आफू सुहाउँदो भूमिका नै पाइन । म न सानो भए न ठूलो भएँ । यसैले पनि हिरोइन पनि बन्न सकिन, बालकलाकार पनि बन्न सकिन । मैले मोडलिङबाट करिअर सुरु गरेको भन्ने कुरा गलत हो ।
नेपाली कलाकारहरु विदेश पलाएन भैरहेका छन् तपाईको पनि कतै विदेश पलाएन हुने सोच त छैन ?
मलाई दिमागमा यस्तो कुरा आजसम्म आएको छैन । मैले नेपालमै बसेर राम्रै रकम कमाएको छु । यहाँ नाम छ तर बदनाम हुने डर पनि छ । यसैले सजग भएर काम गरिरहेको छु ।
Interview
»
खुबी भए कसैको ओछ्यान तताउनु पर्दैन : नीता ढुंगाना
खुबी भए कसैको ओछ्यान तताउनु पर्दैन : नीता ढुंगाना
Share this post
Tags
About The Author
admin
Share a little biographical information to fill out your profile. This may be shown publicly. Morbi tristique mattis ultricies. Morbi ac est ligula. Nullam vel lacus nisi, vitae viverra quam. Sed tincidunt cursus mattis. Share a little biographical information to fill out your profile. Morbi ac est ligula. Nullam vel lacus nisi, vitae viverra quam. Sed tincidunt cursus mattis. Share a little biographical information to fill out your profile. This may be shown publicly.
Share a little biographical information to fill out your profile. This may be shown publicly. Morbi tristique mattis ultricies. Morbi ac est ligula. Nullam vel lacus nisi, vitae viverra quam. Sed tincidunt cursus mattis. Share a little biographical information to fill out your profile. Morbi ac est ligula. Nullam vel lacus nisi, vitae viverra quam. Sed tincidunt cursus mattis. Share a little biographical information to fill out your profile. This may be shown publicly.



0 comments