Kathmandu Nepal
वैज्ञानिकहरुले निद्राले मस्तिष्कका कोषको पुनर्निर्माणमा सहयोग गर्ने तथ्य पत्ता लगाएका छन् । निद्रा किन आवश्यक छ ? भन्ने कुराको खोजमा जुटेका वैज्ञानिकहरुले निद्राको एक अर्को फाइदा पत्ता लगाउँदै यसले मस्तिष्कका स्नायु कोषको बाहिरी खोल निर्माणमा सहयोग गर्ने कोषिकाहरु बनाउन सहयोग गर्ने कुरा पत्ता लगाएका हुन् । माइलिन नामक उक्त स्नायु खोलले स्नायुको सुरक्षा गर्नुका साथै स्नायुले संवेदना प्रसार गर्ने गतिमा पनि वृद्धि गर्छ ।
अमेरिकाको विस्कन्सिन विश्वविद्यालयका शोधकर्ताहरुले मुसामा अध्ययन गरी यस्तो तथ्य पत्ता लगाएका हुन् । पछिल्लो खोजको सहायताले मानिसमा मस्तिष्कको विकाशमा निद्राको भूमिका तथा विभिन्न खाले मस्तिष्कजन्य रोगका विषयमा अनुसन्धानका लागि मार्ग प्रसस्त गरेको शोधकर्ताहरुको भनाइ छ ।
शोधकर्ताहरुका अनुसार माइलिन नामक स्नायु खोलको निर्माण गर्ने प्रमुख तत्वको रुपमा रहेको ओलिगोडेन्ड्रोसाइटको उत्पादन निद्राको समयमा बढि हुन्छ । अनुसन्धानको क्रममा मुसालाई जागै राखिरहँदा मस्तिष्क कोषको मृत्यु तथा तनाव चेतना पैदा गर्ने जिनहरु सक्रिय भएको पाइयो । अर्थात् पर्याप्त निद्रा नलिँदा मस्तिष्कका कोष मर्दै जाने, मरेका कोषको ठाउँमा नयाँ कोषको निर्माण कम हुने र तनाव समेत बढ्ने निष्कर्ष शोधकर्ताहरुको छ ।
Health
»
निद्राले बनाउँछ तेजिलो दिमाग
निद्राले बनाउँछ तेजिलो दिमाग
Share this post
Tags
About The Author
admin
Share a little biographical information to fill out your profile. This may be shown publicly. Morbi tristique mattis ultricies. Morbi ac est ligula. Nullam vel lacus nisi, vitae viverra quam. Sed tincidunt cursus mattis. Share a little biographical information to fill out your profile. Morbi ac est ligula. Nullam vel lacus nisi, vitae viverra quam. Sed tincidunt cursus mattis. Share a little biographical information to fill out your profile. This may be shown publicly.

0 comments