अफगानिस्तान र श्रीलंका भिड्दै (श्रीलंका १- अफगानिस्तान १) अपडेट

Published On Wednesday, September 04, 2013 » 0 comments » By Unknown »


राजधानीमा जारी आठौं संस्करणको साफ च्याम्पियनसिपमा आज समूह बीको खेलमा अहिले अफगानिस्तान र श्रीलंका भिडिरहेका छन्। तजा स्थितिमा खेलको ३६ औ मिनेटमा श्रील‌काले खेलमा अग्रता लिएको छ । काउन्टर अट्याकमा श्रीलंकाका लागि मोहम्मद फजालले गोल गरेका हुन् ।

यस्तै खेलको ६२ औ मिनेटमा अफगानिस्तानले बराबरी गोल फर्काएको छ ।

हलचोकस्थित शसस्त्र प्रहरीको खेल मैदानमा भइरहेको खेलमा फिफा बरियतामा दक्षिण एसियामै शीर्ष स्थानमा रहेको र उपाधिको प्रमुख दाबेदार अफगानिस्तान र श्रीलंका एक आपसमा भिडीरहेका हुन्।

तुलनात्मक रूपमा सहज समूहमा परेको अफगानिस्तानले यसअघि प्रतियोगिताकै सबैभन्दा कमजोर मानिएको भुटानलाई ३–० गोल अन्तरमा हराएको थियो। भने श्रीलंका माल्दिभ्ससँग १०–०को लज्जास्पद हार बेहोरीसकेको छ। यद्यपी श्रीलंकाका ब्राजिलियन प्रशिक्षक क्वाउडियो रोबर्टोले पहिलो खेलको नतिजा बिर्साउने गरि बाँकी दुई खेलमा सफल नतिजाका लागि प्रयास गर्ने बताएका छन् ।

अफगानिस्तानविरुद्ध श्रीलंकाको इतिहास हेर्ने हो भने अहिलेसम्म भएका यी दुई देशबीच भएका ६ मध्ये ४ खेल अफगानिस्तान र एक खेल श्रीलंकाले जितेका छन् भने एक खेल बराबरीमा टुंगिएको छ। द्धन्द्धग्रस्त अफगानिस्तानले फुटबलमा पछिल्ला केही वर्षदेखि लगातार प्रगति गरिरहँदा श्रीलंका दिन प्रतिदिन कमजोर भइरहेको छ।

यस्तै आजै साँझ दशरथ रंगशालामा हुने सोही समूहको अर्को खेलमा  माल्दिभ्सले कमजोर टोली भुटानको सामना गर्दैछ।

Share this post

Tags

0 comments

Leave a Reply