पूर्व प्रहरी महानिरीक्षक जबरा रामसपामा प्रवेश

Published On Monday, August 05, 2013 » 0 comments » By Unknown »

पूर्व प्रहरी महानिरीक्षक प्रदीप शमशेर जबरा शरतसिंह भण्डारी नेतृत्वको राष्ट्रिय मधेस समाजवादी पार्टी (रामसपा) मा प्रवेश गरेका छन्।

पार्टी कार्यालय ग्वार्कोमा सोमबार मधेस समाजवादीका अध्यक्ष शरतसिंह भण्डारीले जबरासहित विभिन्न पार्टी छाडेका नेताहरुलाई पार्टी प्रवेश गराए। पार्टी प्रवेश कार्यक्रममा जबराले भने, 'मलाई अरु धेरै पार्टीले बोलाएपनि मैले राष्ट्रिय मधेश समाजवादीलाई रोजें, यही पार्टीमा बसेर मधेस केन्द्रित राजनीति गर्छु।' उनले अब हुने संविधानसभामा रौतहट क्षेत्र नम्बर ४ बाट उम्मेदवारी दिने घोषणा गरे।

जबरा वि. सं. २०५७ असोजदेखि २ वर्षबढी प्रहरी प्रमुख रहेका थिए। जबरा विशेष अदालतमा भ्रष्टाचारको मुद्दा खेपिरहनु भएको छ।

Share this post

Tags

0 comments

Leave a Reply