अभिनेत्री नम्रता श्रेष्ठका अनेक रुप पर्दामा देखिसकेका छन् । चलचित्रमा अहिलेसम्म कुनै मूल पात्र नदेखीएको भूमिकामा नम्रता देखिने भएकी छिन । उनले मुख्य भूमिकामा अभिनय गरेको चलचित्र मौनमा उनले पुरै मौनता साध्नेछिन ।
बहिराको प्रेमकथामा बनेको चलचित्रमा उनको यो रुप देखिने भएको हो । आफुसंगै पढ्ने युबकलाई एकोहोरो मन पराउने युबतिको भूमिकामा समेटिएका छन् । यहि चलचित्रका लागि केहि सांकेतिक भाषाको पनि ज्ञान हासिल गरेकी उनले फरक भूमिकामा अभिनय गर्न पाउदा रमाइलो लागेको बताईन ।
हालै आयोजित एक कार्यक्रममा भनिन चलचित्रमा नबोले पनि मेरो काम चलचित्रले बोलिहल्छ । फरक काम गर्दा रमाइलो लागेको छ, चलचित्रको बारेमा मौन बस्छु । उनको प्रेमीको भूमिकामा अर्पण थापा छन् उनि पनि चलचित्र भरि आवाजबिहिन छन् ।
dcnepal.com


0 comments