माओवादी ‘हत्याराको जमात’: ओली

Published On Saturday, May 04, 2013 » 0 comments » By Unknown »

उदयपुर, बैशाख २१   - नेकपा एमालेका प्रभावशाली नेता केपी शर्मा ओलीले माओवादीलाई ‘हत्याराहरुको जमात’ को संज्ञा दिनुभएको छ ।
नेकपा एमाले निर्वाचन क्षेत्र नं. २ को क्षेत्रीय अधिवेशन फुलबारीको घोराखोरीमा उद्घाटनमा एकीकृत नेकपा माओवादीको चर्को आलोचनामा गर्दै नेता ओलीले नागरिकको हत्या गरेर माओवादीले राजीतिक भविश्य खोजेको टिप्पणी गर्नुभयो ।
‘छबिलाल कार्की र गुरु लुइँटेलहरुको रगतमा सत्ता देख्ने माओवादीहरु हत्यारा नभए अरु के हुन् ?’ प्रश्न गर्दै ओलीले भन्नुभयो ‘छवि कार्कीको हत्या गरेर आफ्नो राजनीतिक भविश्य देख्ने माओवादीहरु बालकृष्ण ढुंगलजस्ता अपराधीहरुलाई संविधान सभामा पठाउन लागि परे ।’
अब हुने संविधान सभाको निर्वाचनमा नेकपा एमालेले बहुमत नल्याए संविधानसभाबाट संविधान नबन्ने ठोकुवा गर्दै नेता ओलीले विगतमा अतिवादी शक्तिहरु संविधान सभामा हावी भएकाले संविधान बन्न नसकेको बताउनुभयो ।

Share this post

Tags

0 comments

Leave a Reply