सञ्चारमन्त्री यादवको व्यक्तिगत सम्पत्ति मात्रै ३ लाख

Published On Sunday, February 03, 2013 » » By Unknown »


२१ माघ, काठमाण्डौं । सूचना तथा सञ्चारमन्त्री राजकिशोर यादवले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आफ्नो सम्पत्ति विवरण बुझाउनुभएको छ ।
मन्त्रीले बुझाएको विवरण अनुसार सिराहा चन्द्र अयोध्यापुरमा आमा नेपुरदेवी यादवको नाममा तीन बिघा जग्गामा रहेको दुईतले पक्की घर एक र अन्य चारवटा घर छन् । दाजु वेचन यादवको नाममा लहान नगरपालिकामा तीनतले घर तथा काठमाडौँ कलङ्कीमा ६ आना र लहान नगरपालिकामा १० धुर जग्गा रहेको छ ।
त्यस्तै, सिराहा चन्द्र अयोध्यापुरमा बाबु गङ्गाराम यादव र आमा नेपुरदेवी यादवको नाममा २५ बिघा जग्गा रहेको छ ।
साथै उहाँसँग पैतृकरुपमा प्राप्त ७५ तोला सुन र एक केजी चाँदी रहेको छ । उहाँसँग आफ्नै नाममा एभरेस्ट बैंकमा तीन लाख रुपैयाँ तथा श्रीमती सरिता यादवको नाममा ग्लोबल आइएमईमा सात लाख रुपैयाँ र राष्ट्रिय वाणिज्य बैंकमा पाँच लाख रुपैयाँ नगद रहेको छ ।

Share this post

Tags