आजदेखि लोडसेडिङ दैनिक दुई घण्टा घट्यो (तालिकासहित)

Published On Sunday, February 03, 2013 » » By Unknown »


२१ माघ, काठमाण्डौ । नेपाल विद्युत प्राधिकरणले लोडसेडिङ केही घटाएको छ । दैनिक १४ घण्टा लोडसेडिङ गर्दै आएको प्राधिकरणले आजदेखि लागू हुने गरी लोडसेडिङ दैनिक दुई घण्टाले घटाएर १२ घण्टामा झारेको हो ।
प्रधानन्त्रीको ठाडो आदेशमा केही दिनअघि देखि अनौपचारिक रुपमा लोडसेडिङको समयमा केही हेरफेर गरेको प्राधिकरणले आजदेखि औपचारिकरुपमै दैनिक दुई घण्टा घटाएको हो । नदीमा पानीको जलस्तर घट्ने क्रम तीव्र रहेता पनि भारतबाट आयातित विद्युत् आपूर्तिमा केही सुधार भएको तथा सूर्यास्तको समय परिवर्तन भएका कारण साबिकमा हुँदै आएको विद्युत्भार कटौतीको तालिकामा हेरफेर गरिएको प्राधिकरणले जनाएको छ ।
यसअघि माघ ६ गतेदेखि हप्तामा ९७ घन्टा लोडसेडिङ गर्दै आएको प्राधिकरणले अब हप्तामा ८४ घन्टा विद्युत कटौती गर्ने छ । परिवर्तित तालिकाअनुसार अब हप्ताको सातै दिन १२ घन्टा विद्युत कटौती हुनेछ ।
 तालिका ठूलोमा हेर्न तालिकामा क्लिक गर्नुहोला ।











Share this post

Tags