रेल वे स्टेशनको भागदौडमा ३६ को ज्यान गयो

Published On Sunday, February 10, 2013 » » By Unknown »


माघ २९ – भारतको इलाहावादमा रहेको रेल वे स्टेसनमा भएको भागदौडमा ज्यान गुमाउनेको सख्या ३६ पुगेको छ । ३० जनाभन्दा धेरै घाइते भएका छन् ।
ज्यान गुमाउनेमा २८ जना महिला र ७ जना वालवालिका रहेका प्रहरीले जनाएको छ । त्यहाँको रेल वे स्टेसनका प्रवक्ता अमित मालवीयका अनुसार ज्यान गुमाउनेमा धेरैजसो उत्तर प्रदेश, दिल्ली, मध्यप्रदेश, बिहार र महारष्ट्रका बासिन्दा छन् ।
कुम्भमेलामा स्नान गरी तीर्थयात्रु रेल वे स्टेसनमा भेला भएका बेला भागदौड मच्चिएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । सञ्चार माध्यमका अनुसार सुरक्षा व्यवस्थाको अभावका कारण भागदौड मच्चिएको हो ।
प्रशासन र स्थानीय प्रहरीबीच समन्वय नभएको हुन सक्ने अनुमान गरिएको छ । भारतीय प्रधानमन्त्री मनमोहन सिंहले घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ । 

Share this post

Tags