अब सुनामी र भुइँचालोबाट बचाउने भकुण्डो (फोटोफिचर सहित)

Published On Sunday, December 16, 2012 » 0 comments » By Colors Nepal »


चीनका एक किसानले एउटा अचम्मको भकुण्डो बनाएका छन् । हेबेइ प्रान्तस्थित क्विन्टन गाउँका किसान लिउ क्विउयानले बनाएको यो भकुण्डोले केवल उनी एकजनालाई मात्र होइन अरु १३ जना सम्मलाई पनि भुइँचालो तथा सुनामी जस्ता विपत्तिबाट जोगाउनेछ ।
स्टिलको प|mेम बाहिर फाइबर ग्लासको खोल हालेर बनाइएको उक्त भिमकाय भकुण्डो भित्र छिरेपछि जस्तो सुकै विपत्तिमा पनि केही नहुने उनको दाबी छ । डिसेम्बर २१ मा पृथ्वीमा प्रलय हुने हल्ला चलेकोमा यदि प्रलय भै हालेमा पनि यो भकुण्डोभित्र छिरेमा जिउ जोगिने ती किसान बताउँछन् । सातवटा कोठा भएको यो भकुण्डोभित्र सास फेर्नका लागि अक्सिजन ग्यासको ट्यांकीका साथै बस्ने सिटमा सिटबेल्ट समेत छ । यो भकुण्डो पानीमा परेमा पनि सिधा माथि तर्फ तैरिने भएकाले भित्र बस्नेलाई केही हुँदैन ।
आफुले बनाएका जस्ता भकुण्डा चिन सरकारले प्रसस्तै बनाएर वितरण गर्ने र पृथ्वीमा प्रलय हुने दिन सबै जनतालाई जोगाउने उनको विश्वास छ । हेरौँ यो विचित्रको भकुण्डो ।



Share this post

Tags

0 comments

Leave a Reply