कलिउड फिल्मको फष्टलुक पोष्टरहरुलाई अफिशियल सार्वजनिक

Published On Sunday, December 09, 2012 » 0 comments » By Colors Nepal »


पुष १३ को मितिबाट माघ ५ का लागि रिलिज डेट सारिएको कलिउड फिल्मको फष्टलुक पोष्टरहरुलाई अफिशियल  रिलिज गरिएको छ ।

 यस अघि दुई वटा ट्रेलर रिलिज गरेको जि वान क्रिएसनले आज आफ्ना तीन वटा पोष्टरहरुलाई फष्टलुकको रुपमा  फिल्मीखबर मार्फत  रिलिज गरेको हो ।

आर्यन सिग्देल, प्रियंका कार्की तथा दुई नयाँ अनुहार पायल थापा र बिष्णु कार्की यो फिल्मका लिड एक्टर्स हुन । नवराज आचार्यको भाग्य परीक्षाको रुपमा हेरिएको यो फिल्मको कथा  नेपाली फिल्म ईन्डष्ट्रीसंग सम्बन्धीत छ । तर नवराज कलिउडको रिजल्टलाई  आफ्नो भाग्य परीक्षा भन्न रुचाउदैनन किन  कि उनले १४ बर्षे  मिडिया अनुवभको आधारमा  यो फिल्म निर्देशनमा हात हालेका हुन । तसर्थ उनी सफल हुनेमा विश्वस्त देखिएका छन् ।

 पछिल्लो समय यो ईन्डष्ट्रीलाई कलिउड भन्ने कि नभन्ने बिषयका बहसहरु पनि चलिरहेको छ  जुनकुरा लाई  निर्देशक आचार्यले आफ्नो फिल्म मार्फत कलिउडको आधिकारिक  परिभाषा  पनि दिन खोजेका छन् ।



Share this post

Tags

0 comments

Leave a Reply